न्युरोडको अवैध सुन कारखानामा प्रहरीको छापा, ८ किलो सुन बरामद
काठमाडौं– प्रहरीले न्यूरोडस्थित अवैध सुन गाल्ने कारखानामा छापा मारेर ८ किलो सुनसहित कारखाना सञ्चालकलाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले अवैध सुन गाल्ने कारखाना ‘ओमपाल गोल्ड शप प्रालि’ का सञ्चालक कैलाली घर भई काठमाडौंको सानोभ-याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको हो।
मंगलबार राति प्रहरीले उक्त कारखानामा छापा मारेको थियो। बरामद सुनमध्ये केही बिस्कुट आकारमा र केही गहना बनाइसकेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
कारखाना र अवैध सुनबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले तस्करी गरी ल्याएको सुन बिक्री गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो।
प्रतिक्रिया