विराटनगर आगलागीमा मृतकको संख्या तीन पुग्यो, चुरोटबाट सल्किएको थियो आगो

विराटनगर– विराटनगर महानगरपालिका–७, सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार आगलागी हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ।

प्रहरीका अनुसार शुशिला पासवानको घटनास्थलमै र ४० वर्षीय दीपक मण्डलको उपचारका क्रममा न्यूरो अस्पतालमा मृत्यु भएको थियो। विराटनगर ६ का मण्डल कवाडी गोदामका सञ्चालक हुन्।

यसैगरी, थप उपचारका लागि सेनाको स्काई ट्रक मार्फत काठमाडौं पठाइएका गम्भीर घाइते ४ जनामध्ये थप एक जनाको बुधबार राति मृत्यु भएको हो।

प्रहरीका अनुसार आगलागीमा परी थप उपचारका लागि काठमाडौ पठाइएका विराटनगर–६ की सुनिता कामतको बुधबार राति मृत्यु भएको हो। आगलागीमा परी घाइते भएका विराटनगर–६ की ६० वर्षीया रीता सरदार, मोरङको कटहरी गाउँपालिका–६ की ३० वर्षीया पिंकी कामत र विराटनगर–६ का ५८ वर्षीय किशोर कामतको काठमाडौंमै उपचार भईरहेको छ।

विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा बुधबार दिउँसो सवा २ बजेतिर आगलागी सुरु भएको थियो। प्रहरीका अनुसार चुरोटबा आगो सल्किएको हो। गेट छेउमा लागेको आगोका कारण काम गरिरहेका कामदार सहजै बाहिर निस्कन पाएनन्, जसले गर्दा मानवीय क्षति भएको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट