मोटरसाईकल दुर्घटनामा एउटै विद्यालयका शिक्षक र लेखापालको मृत्यु, अर्का शिक्षक घाईते

भरतपुर– चितवनको माडीमा मोटरसाइकल दुर्घटनामा परी एउटै विद्यालयका शिक्षक र लेखापालको मृत्यु भएको छ। सोही विद्यालयका अर्का एक शिक्षक घाईते छन्।

शनिबार साँझ माडी नगरपालिका–१ बरुवास्थित चिताइ खोलाको पुलमा लु २ च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश–०६–००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनमा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो। अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते भएका छन्।

गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते स्याङ्जा निवासी पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

मृतक पौडेल माडी नगरपालिका–१ निवासी र खत्री सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँका वासिन्दा हुन। ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट