ज्ञानेन्द्र शाहीले प्रचण्डलाई भने– पूर्वराजाले स्वीस बैंकमा राखेको पैसा ल्याएर बाँड्दिनोस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वीस बैंकमा पैसा राखेको ल्याएर बाड्दिन चुनौती दिएका छन्।
राप्रपा कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै शाहीले दाहालले आरोपको पुष्टि गरे आफू सँगै हिँड्ने बताए। ‘प्रचण्डजीले भन्ने गर्थे राजाको सम्पत्ती स्वीजरल्याण्डमा छ। ल्याएर घरघरमा बाँड्थ्यौं भन्नुहुन्थ्यो’ उनले भने–‘तपाईंलाई खुला चुनौति हो म तपाईंलाई सहयोग गर्छु। राजाले दरबार छाडेको १६ बर्ष भयो सम्पत्ती कहाँ छ। स्वीजरल्याण्डबाट पैसा ल्याएर बाँड्दिनुस्। म तपाईंसँगै हिँड्छु। जनतालाई भ्रमित पारेर। आज यीनिहरुको सम्पत्ति स्वीजरल्याण्डमा लगेर राखेका छन्।’
दरबार हत्या काण्डको छानविन गरेर पूर्वराजालाई जेल हाल्न पनि शाहीले प्रचण्डलाई चुनौति दिए। उनले राजसंस्था र हिन्दु राज्य जनताले नफालेको दाबी गरे।