रथ यात्रामा गएकी ६ वर्षिया बालिकाको बलात्कारपछि हत्या

जनकपुर– धनुषामा एक नाबालिकाको बलात्कारपछि हत्या भएको छ। सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादव बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको अवस्था शव फेला परेको हो।

धनुषाका डीएसपी रञ्जन आबाका अनुसार बालिकाको शव नग्न अवस्थामा खाल्डोमा फेला परेको छ। उनले लगाएका कपडा खाल्डो छेउमा फेला परेका छन। हिजो साँझ करिव ७ वजे सबैला नगरपालिका ९ स्थित मृतकको घरबाट निकै परको खाल्डोमा शव फेला परेको हो।

सवैला नगरपालिकाका मेयर कारीराम यादवका अनुसार ती बालिका विवाहपञ्चमीको अवसरमा निकालिने मटकोरको रथ यात्रामा बुधबार सहभागी थिइन्। सतोखर पोखरीसम्म ती बालिका रथमै चढेर गएको जनाईएको छ।

रथबाट २÷३ जना युवकले उनलाई तल उतारेका थिए। सबैजना घर फर्किए पनि बालिका नफर्किएपछि उनको खोजी सुरु भएको थियो। त्यसैक्रममा अभिभावकले इलाका प्रहरी कार्यालय सबैलालाई खोजी गरिदिन अनुरोध गरेका थिए।

खोजविनको क्रममा बालिकाको शव खेतमा खनेको खाल्डोमा फेला परेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक सुन्दर चौलागाईले जानकारी दिए। राति नै तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो।

बालिकालाई रथबाट उतार्ने दुईजना युवालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट