तीन जना चढेको मोटरसाईकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

धनुषा– धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपही पुल नजिकै तीन जना सवार मोटरसाईकल आज विहान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।

जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको प्रदेश २–०२–००२प ४०९२ नम्बरको मोरसाइकल पुलभन्दा ५० मिटर उत्तरतिर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा धनुषा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी छन्। उनीहरुको घट्नास्थलमै मृत्यु भएको धुनषा प्रहरीका डीएसपी रञ्जन अवालेले जानकारी दिए।

उनका अनुसार सोही मोटरसाइकलमा सवार जनकपुरधाम उपमहानगरपालिका–१२ का शत्रुधन सहनी गम्भीर घाइते भएका छन्। सहनीको जनकपुरधाममा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँको न्यूरो अस्पताल पठाईएको अवालेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट