रास्वपामा रविको तापले पिल्सिएका नेताको विवसताः बरु अन्याय सहने तर जोखिम नलिने

काठमाडौं– पुराना राजनीतिक दल वेकामे र नेताहरु सवै भ्रष्ट हुन भन्ने भास्य स्थापित गरेर निर्माण भएको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) अहिले तिनै पुराना दलको शैलीमा अघि वढिरहेको छ।

विधि र प्रकृया भन्दा पनि सभापतिको तजविजले चलेको आरोप खेपिरहेको रास्वपामा असन्तुष्टिका आवाजहरु भित्रभित्रै दविएका छन्।सतहमा शान्त देखिएपनि भित्रभित्रै उकुसमुकुसको अवस्था रहेको नेताहरुका स्ट्याटस, बोली र ब्यवहारले सहजै अनुमान लगाउँन सकिन्छ।

राजनीतिक विश्लेषकहरु रास्वपा कुनै राजनीतिक दलभन्दा पनि ‘फ्यान क्लब’को शैलीमा चलिरहेको बताउँछन । विधि र पद्दतिका ठूला कुरा एकादेशको कथा भएको छ भने मनलाग्दी सञ्चालनका कारण असन्तुष्टिले आफनो क्षेत्र फैलाउँदै गएको छ।

जलेश्वरमा हालसालै सम्पन्न बैठकपछि रास्वपामा झन् धेरै असन्तुष्टि झांगिएको छ । जलेश्वरमा सम्पन्न पार्टी बैठक सञ्चालन प्रक्रिया र निर्णयप्रति रास्वपाकी सांसद एवं केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले सार्वजनिक रूपमै असन्तुष्टि जनाइन्। पार्टी बैठकले जिम्मेवारी बाँडफाँट गरेपछि रिसाएकी तोसिमाले सामाजिक सञ्जाल फेसबुकमा ‘विधिको शासन ?’ भनेर लेखिन्।

उनको स्टाटसमा हजारौंले कमेन्ट गरे। कतिले उनीमाथि अन्याय भएको भन्दै सान्त्वना दिएका छन् त कतिले उल्टै उनको आलोचना गरेका छन्। उनको अभिव्यक्तिले नेतृत्वप्रतिको असन्तुष्टि स्पष्ट पार्छ। तर उनले केहीदिन पछि आफ्नो असन्तुष्टिलाई ढाकछोप गर्नेगरी अर्को स्टाटस लेखिन् । पार्टीको दबाबमा लेखिएको दोस्रो स्टाटसलाई धेरैले ‘प्रायोजित’ नै माने ।

जलेश्वर बैठकपछि तोसिमा मात्रै होइनन्, सोवितालगायत अन्य थुप्रै नेताहरु रुष्ट छन्। किनकि सभापति रवि लामिछानेले कसैसँग छलफलै नगरी मनलाग्दी पदाधिकारी संख्या १५ पुर्याउँदा पदाधिकारीमा तोसिमासँगै शिशिर खनाल, सोविता गौतम, गणेश पराजुलीलगायत नेता परेनन्।

बरु रविले विगतमा टिभीमा काम गरेका सहकर्मीहरुलाई नै पार्टी पदाधिकारीमा समेटे । सह–महामन्त्री मनोनीत विपिन आचार्य, सह–कोषाध्यक्ष दीपक बोहोरा, सह–प्रवक्ताहरू प्रतिभा रावल र रमेश प्रसाईं रविसँग विगतमा टिभीमा काम गरेका सहकर्मी हुन्। यसले पार्टीभित्र रविको मनोमानीलाई प्रष्ट पार्छ।

पदाधिकारी नियुक्तिबारे छलफलै नहुने, सभापतिको गोजीबाट जसलाई मन लाग्यो त्यसलाई पदाधिकारी बनाउने, मन लागेजति सबैलाई केन्द्रीय सदस्य बनाउने शैलीले रास्वपामा नेताहरु असन्तुष्ट छन्।

तर, पुराना दललाई सरापेर नेता भएका उनीहरु आफनो पार्टी भित्रको विकृती विरुद्ध भने बोल्न सक्दैनन्। रवि रिसाए आफनो राजनीतिक भविष्य समाप्त हुने उनीहरुलाई डर छ। उनीहरु बरु अन्याय सहने तर जोखिम नमोल्ने मनस्थितीमा रहेको विश्लेषकहरुको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट