प्रदेश मन्त्रीको हैसियतः दर्शकविहिन खाली चौरमा भाषण, फोटो खिच्ने स्वकिय सचिव श्रीमान

पोखरा– गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडाले शुक्रवार पोखरा रंगशालामा गरेको भाषणको फोटो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन सत्रमा मन्त्री सिम्खडाले सम्वोधन गरिहँदा केही थान दर्शक उपस्थित थिए। ती दर्शक पनि आ–आफ्नो गन्थनमा व्यस्त थिए। चौर पुरै खाली थियो।
यद्यपी उनले भाषण गरिरहिन। उनको फोटो र भिडियो खिच्न उनका श्रीमान् अर्थात स्वकिय सचिव जनक बिसी खटिएका थिए। दर्शनविहीन चौरमा मन्त्रीले भाषणा गरेको यही फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ।
खाली चौरमा मन्त्री सिम्खडाले करिब १० मिनेट भारण गरिन। उनले खेलाडीमा अनुशासन हुनुपर्ने र यसलाई जीवनको अंग बनाउनुपर्ने बताउँदै गर्दा उनको भाषण सुन्ने कोही थिएनन्।
प्रतियोगिता उदघाटन हुनुअघि सबै स्थानीय तहले मार्च पास गरेको थिए। मार्च पासमा कास्कीका ५ स्थानीय तहका करिब ५ सय खेलाडी सहभागी थिए। मार्च पासमा सहभागी दर्शकले मन्त्रीको भाषण सुन्ने धैर्यता देखाउन सकेनन् र मन्त्रीले भाषण गर्ने बेलासम्म उनीहरु हिडिसकेका थिए।