पाँच महिनामा नेपालीले २७ करोडको चुइङगम पड्काए

काठमाडौँ– पछिल्लो पाँच महिनामा नेपालमा झण्डै २७ करोडको चुइगम आयात भएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २६ करोड ८२ लाख २९ हजार रुपैयाँको चुइगम आयात भएको हो।

विभागका अनुसार सरकारले चुइगममार्फत २१ करोड ५७ लाख रुपैयाँ भन्सार राजश्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ९३ लाख रुपैयाँको चुइगम आयत भएको थियो।

विभागका अनुसार पछिल्लो पाँच महिनामा नेपालमा भारतबाट मात्रै २५ करोड ८९ लाख रुपैयाँको चुइगम आयात भएको छ। त्यसबाहेक यूके, अमेरिका लगायत दर्जन बढी देशबाट चुइगम आयात गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट