बालेन्द्रलाई झुक्याएर छोरीलाई जागिर खुवाउने शाखा अधिकृतसहित ३ जना निलम्बन

काठमाडौं– चोरबाटोबाट आफन्तलाई जागिर लगाएको अभियोगमा काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र साहको सचिवालयका प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बन गरेको छ।

कार्यपालिकाले गरेको निर्णय कार्यान्वयनको क्रममा आफूखुसी निर्णय गरेको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको हो।

स्रोतका अनुसार महानगरको २३ औँ नगरसभा बैठकले महानगरपालिकाको १८ नम्बर वडाको स्वास्थ्य प्रवद्र्धन केन्द्रमा ५ जना कर्मचारीलाई निरन्तरता दिने निर्णय गरेको थियो। तर, निर्णय प्रमाणीकरण हुँदा एक जनाको संख्या थप भएको पाइएपछि मेयर साह आफैँले चासो राखेका थिए।

छानविनका क्रममा थपिएको एक जनामा शाखा अधिकृत बिडारीकी छोरीको नाम देखिएपछि बालेन्द्रले आफुखुसी काम गर्ने कर्मचारीलाई कारवाही गर्न अग्रसरता देखाएका हुन। नगरसभाको निर्णय परिवर्तन गरेर बिडारीकी छोरीको नाम पनि त्यहाँ थपेर निर्णय प्रमाणीकरण भएको पाईएपछि उक्त निर्णयसँग कनेक्सन देखिएका ३ जनलाई कारवाही गरिएको महानगरपालिका स्रोतले जनाएको छ।

‘पाँचजना कर्मचारीलाई निरन्तरता दिने निर्णय भएकोमा ६ जनाको नाम आयो। त्यसबारे मेयर साबले खोज्दा भगवती बिडारीको छोरीले इन्टर्नमा काम गर्न आउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘उहाँलाई नै फेरि स्वास्थ्यको काममा पठाउनका लागि नगरसभाको निर्णय परिवर्तन गरेको पाईयो।’

जनप्रतिनिधिसहित बसेर भएको उक्त निर्णय परिवर्तन गरिएपछि मेयर साह आफैँले त्यसमा संलग्न आफ्ना सचिवालय प्रमुखसहितलाई निलम्बन गरेको जनाईएको छ।

यो विवादमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापा पनि यो विवादमा तानिएका छन्। उनीहरु अहिले निलम्बनको डरले विदामा वसेको स्रोतका दावी छ।

नगरसभाको निर्णयहरू अन्तिम प्रमाणीकरण गर्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्ने चलन छ। अधिकारीले पहिला ६ जना भनेर आउँदा पनि र ५ जनाको लिस्टमा पनि हस्ताक्षर गरेका छन्। बिदा सकिएसँगै अधिकारी र थापा पनि निलम्बनमा पर्ने सम्भावना रहेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट