अदालतबाट हतकडीसहित फरार भएका थुनुवा फेरी पक्राउ

काठमाडौं– काठमाडौं जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा पक्राउ परेका छन्। उनलाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको हो।

डलर देखाएर लुटपाट गरेको आरोपमा पक्राउ परेका विमल खड्का बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थिए।

उनलाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए। लुटपाटको आरोपमा खड्कालाई प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो।

सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को मुद्दाको सिलसिलामा प्रहरीले अदालत लगेको थियो। त्यही बेला प्रहरीको आँखा छलेर उनी फरार भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट