बरहथवाका मेयरको गाडीमा आगजनी, प्रहरीले गोली चलाउँदा एक जना घाईते

जनकपुर– ५० शैयाको अस्पताल बनाउने विषयमा विवाद सर्लाहीको बरहथवा नगरपालिकामा तनाव वढेको छ। झडपको अवस्था आएपछि प्रहरीले गोली चलाउँदा बरथवा नगरपालिका–६ का जयशंकर साह गम्भीर घाइते भएका छन्। उनको टाउकोमा गोली लागेको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले स्थिति तनाबग्रस्त भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको बताए।

नगर अस्पतालालई प्रदेश अस्पतालमा हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको र उक्त विवादलाई समाधान गर्न डाकिएको सर्वदलीय बैठक स्थगित भएपछि झडपको स्थिति सिर्जना भएको थियो। विवाद बढेपछि नगरपालिकाले सूचना जारी गर्दै बैठक स्थगित गरेको थियो।

नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवालका अनुसार १५ शैय्याको नगर अस्पताललाई ५० शैय्याको बनाउने सहमति गर्दै मधेश प्रदेशलाई हस्तान्तरण गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो।

सोही विषयमा वोलाईएको सर्वदलिय बैठक बस्न नसक्ने भएपछि सूचना निकालेको र त्यसपछि विभिन्न पाँच दलले बजार, सार्वजनिक यातायात लगायत सम्पूर्ण संघ संस्थाहरु बन्द गर्ने निर्णय गर्दै आन्दोलन सुरु गरेको कटुवालले वताईन।

आन्दोलनका क्रममा नगरपालिका कार्यालयमा ढुंगामुढा तथा नगर प्रमुखको घरमा तोडफोड र एउटा गाडीमा आगजनी गरेको कटुवालले बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट