केकमा गाँजा मिसाएर अनलाईन व्यापार, घट्टेकुलोबाट एक जना पक्राउ परेपछि खुल्यो रहस्य

काठमाडौँ– काठमाडौँमा युवालाई लक्षित ब्यापार गर्ने नाममा ‘केकमा गाँजा’ मिसाएर वेच्ने गरेको खुलासा भएको छ। लागु औषध नियन्त्रण ब्युरोले घट्टेकुलोबाट विशन मानन्धरलाई पक्राउ गरेपछि यसको रहस्य खुलेको हो।

उनले अनलाइनमार्फत युवा लक्षित कारोबार गर्दै आएका थिए। मानन्धरले इन्स्ट्राग्राममा एकाउन्ट वनाई गाँजा मिसाएको केक विक्रि वितरण गर्दै आएको अनुशन्धानले देखाएको छ। गाँजा प्रयोग गरी मुफिन लगायतको केक बनाउँदै बिक्री वितरण गर्ने गरेको पाइएको ब्युरोका प्रवक्ता चक्रराज जोशीले जानकारी दिए।

यसबारे सूचना प्राप्त भएपछि ब्युरोको टोलीले मानन्धरलाई घरबाटै पक्राउ गरेको हो। उनको कोठाबाट विभिन्न लागु औषध समेत बरामद भएको छ।

मानन्धरले विगत १ बर्षदेखि आफ्नै घरबाट गाँजा मिसाएको केकको अनलाइन डेलिभरी गर्ने गरेका थिए। मानन्धरले अनलाइनमार्फत बिक्री वितरण गर्ने गरेको गाँजा मिसाई तयार गरिने केकको मेनु समेत प्रहरीले फेला पारेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट