२६ वर्षीया शिक्षिका १४ वर्षको आफ्नै विद्यार्थीसँग भागेपछी…

राजविराज– भारतको गुजरात स्थित एक बिद्यालयकी शिक्षिका १४ वर्षिय आफ्नै विद्यार्थीसँग भागेपछि प्रहरीमा उजुरी परेको छ। विद्यार्थीका बाबुले प्रहरीमा उजुरी दिएका हुन्।

कक्षा ८ मा पढ्दै गरेको आफनो छोरालाई शिक्षिकाले भगाएको भन्दै बुबाले उजुरी दिएका छन्। गुजरातमा रहेको गान्धीनगरमा रहेको विद्यालयकी ति शिक्षिका र विद्यार्थी निकै निकट थिए। यस विषयमा अन्य शिक्षकले थुप्रै पटक शिक्षिकालाई चेतावनी पनि दिएका थिए।

विद्यार्थीका पिता सरकारी कर्मचारी हुन् र उनले प्रहरी समक्ष शिक्षिकाका विरुद्ध उजुरी दर्ता गरेका जनाईएको छ। शिक्षिकाले छोरालाई फकाएर आफूसँग लगेको उनको आरोप छ।

शिक्षिका र विद्यार्थी शुक्रवार अपराह्न ४ बजेदेखि भागेका छन्। प्रहरी अधिकारीहरूका अनुसार, शिक्षिका ती विद्यार्थीसँग बढी नै नजिकिसकेकी थिइन्। शिक्षिका आफ्ना किशोर विद्यार्थीसँग भाग्ने दुर्लभ घटना भएको ती अधिकारीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट