विवाहको २५ वर्षपछि ४ सन्तान र श्रीमानलाई छोडेर २५ वर्षीय भतिजासँग प्रेमपछि विवाह, पञ्चायतले पनि छुट्याउन सकेन

राजधानी — भारतको यूपीस्थित सिद्धार्थनगर जिल्लामा एक महिला विवाह गरेको २५ वर्षपछि आफ्नै २५ वर्षीय भतिजासँग प्रेममा परेर दोस्रो विवाह गरेकी छिन्। दुवैले कसैलाई नबताई अदालतमा विवाह पनि गरे र सँगै बस्न थाले। तर जब गाउँमा हंगामा भयो, पञ्चायत नै बस्यो।

अझ आश्चर्य लाग्दो विषय के भने, पञ्चायतमा उनका पतिले पनि श्रीमतीको प्रेमलाई साथ दिए र प्रेमीसँग जाने छुट दिए। यो घटना सिद्धार्थनगरको भवानीगंज प्रहरी चौकी क्षेत्रको एक गाउँमा घटेको हो। ती महिलाको विवाह करिब २५ वर्षअघि नजिकैको गाउँका एक युवकसँग भएको थियो।

विवाहको प्रारम्भिक वर्षहरू सामान्य बिते र उनीहरूले दुई छोरी र दुई छोरासहित चार सन्तान जन्माए। अहिले जेठी छोरी २० वर्षकी र कान्छो छोरा १० वर्षको भएको जनाइएको छ। श्रीमान् प्रायः कामको सिलसिलामा घरबाहिर रहन्थे।

यसैबीच महिलाको भतिजा घर आउन थाले। भतिजाको उमेर २५ वर्ष छ। उनको आवतजावत बढेसँगै दुई जनाबीच कुराकानी र नजिकिन सुरु भयो। अन्ततः उनीहरू प्रेम सम्बन्धमा बाँधिए र सन २०२४ मा अदालतमा विवाह गरे। महिला आफ्ना चार सन्तान र श्रीमानलाई छोडेर प्रेमीसँग बस्न थालिन्।

पति आक्रोशित बनेर प्रहरी चौकी पुगे र प्रशासनसँग सहयोग मागे। केही समयपछि महिला फिर्ता भइन् र प्रेमीसँगको सम्बन्ध तोडेर श्रीमानको घर फर्किइन्। तर फेरि केही दिनमै महिलाले अदालतमा विवाह गरेको प्रमाणसहित चौकीमा उपस्थित भइन् र प्रेमीसँग बस्ने चाहना व्यक्त गर्दै पुनः घरबाट निस्किइन्।

यस घटनाले पुनः गाउँमा चर्चा पायो र पञ्चायत बस्यो। पञ्चायतमा महिलाले कोर्ट म्यारिजको कागजात देखाउँदै प्रेमीसँग बस्न चाहेको स्पष्ट गरिन्। महिलाको अडानप्रति श्रीमानले परिपक्क प्रतिक्रिया दिँदै भने, ‘उनी आफ्नो निर्णयमा स्वतन्त्र छिन्, अब म उनलाई रोक्दिन।’

भवानीगंज प्रहरी चौकी प्रमुखका अनुसार महिला आफैँ आएर प्रेमीसँग विवाह गरेको जानकारी दिएकी थिइन्। कागजात प्रमाणीकरणपछि उनलाई प्रेमीसँग जान दिइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट