सिरहामा मिटरब्याज पीडितलाई खुकुरीको त्रास, आफनै घरमा छिर्न खोज्दा कुटपिट

लहान– सिरहाको कल्याणपुर नगरपालिका–८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको छ। मिटरब्याजी सुरेश पंजियारको निर्देशनमा स्थानीय रामनारायण सिंहले पीडित खुकुरी लिएर छोपेका हुन।

मिटरब्याजी सुरेशले कब्जा गरेर रामनारायणलाई बेचिसकेको घरमा सञ्जयकुमार सोमबार दिउँसो ३ बजे पस्न खोजेका थिए। सोही क्रममा रामनारायण, उनका छोरा शैलेन्द्र र भाइ नितेश सिंहले खुकुरी प्रहारको प्रयास गरेको पीडितले वताए। आफुमाथि कुटपिट पनि गरिएको उनको भनाई छ।

सञ्जयमाथि खुकुरी उज्याएको भिडियो सामाजिक सन्जालमासमेत छ। घटनाबारे प्रहरीलाई जानकारी गराए पनि प्रहरीले कसैलाई पक्राउ नगरेको पीडितको गुनासो छ। सिरहाका डिएसपी रवीन्द्रराज पाण्डेले कल्याणपुर प्रहरी चौकीको टोली घटनास्थलमा पुगेर घटनाबारे जानकारी लिएको बताए।

सञ्जयले २०७३ सालमा ‘ऋद्धिसिद्धी कन्ट्रक्सन’ खोल्न लेखापढी व्यवसायी सुरेश पंजियारसँग ३ लाख रुपैयाँ ऋण लिएका थिए। त्यसबापत सुरेशले आफ्नो भाइ दिनेश पंजियारको नाममा सञ्जयसँग ४ लाख ८० हजार र ७ लाख ५० हजार गरी १२ लाख ३० हजारका दुई वटा तमसुक बनाएका थिए।

सन्जयले कम्पनी त खोले तर कोरोनाका कारण व्यवसाय चलेन। त्यसपछि पन्जियारले अदालतमा मुद्दा दर्ता गरी डाक लिलाम गराएर संजयको नाममा वाड नं. ८ मझौ टोलमा रहेको १ विगाह एक कठ्ठा खेत र डेढ कठ्ठा घडेरी ०७८ सालमा आफनो नाममा पारे।

त्यसै मध्येबाट पन्जियारले १० कठ्ठा खेत र घरघडेरी सञ्जयकै छिमेकी रामनारायणलाई बिक्री गरेका छन्। जसका कारण बुबाआमासहित सञ्जयको परिवारका विस्थापित भएको छ। रामनारायणले जग्गा किन्दैखरी ‘सञ्जयलाई म आफै ठिक पार्छु’ भन्दै रफाव दिएका थिए।

त्यसपछि उनले सञ्जयको घरमा एक वर्षदेखि ताला लगाएर राखेका छन्। मिटरब्याजीले करिब डेढ करोड रुपैयाँ बराबरको सम्पत्ति हत्याएको भन्दै सञ्जयले सुरेशका भाइ दिनेश पंजियारमाथि गत वैशाख ३१ गते जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनसम्बन्धी उजुरी दर्ता गराएका छन्।

सञ्जयले रामनारायणबाट लिएको १ लाख ३० हजार रुपैयाँ ऋणको २ लाख १८ हजार रुपैयाँ तिरे पनि कपाली तमसुक फिर्ता गरेका छैनन्। तमसुक फिर्ता नगर्दा रामनारायणमाथि पनि सञ्जयले जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेनको उजुरी दिएका छन्। त्यो उजुरीमा दुईपटक सुनुवाइ समेत भएको छ । तर निष्कर्ष भने आएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट