सन्दीप प्रकरणपछि चन्द्र भण्डारीले उठाए बलात्कारको परिभाषामाथि प्रश्न

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारीले बलात्कारको बर्तमान परिभाषा प्रति प्रश्न उठाउँदै अव यसको पुनर्परिभाषा हुने पर्ने वताएका छन्।

बलात्कार आरोपमा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ८ वर्षको जेल सजाय सुनाएपछि सामाजिक सञ्जाल तातिरहेका बेला भण्डारीको यस्तो भनाई सार्वजनिक भएको हो। यद्यपी उनले कुनै पनि प्रसंग भने उल्लेख गरेका छैनन्।

बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता भण्डारीले कस्तो अवस्थालाई बलात्कार मान्ने र कस्तो अवस्थालाई प्रेम भन्ने ? भन्दै प्रश्न गरेका छन्। बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवश्यकता उनले औंल्याएका छन्।

उनले प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन भनेर पनि प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी व्याख्याको आवस्यकता छ। कस्तो अबस्थालाई प्रेम? र कस्तो अबस्थालाई बलात्कार? बलात्कार भनेको के हो? अनि प्रेम के हो? प्रेम बलात्कारमा परिणत हुन्छ हुदैन? परिभाषाको आवश्यकता!’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट