सन्दीपको बलात्कार प्रकरणमा नयाँ मोड, पहिचान सार्वजनिक गर्न कोशिस गर्ने एक जना पक्राउ

राजविराज– क्रिकेटर सन्दीप लामिछानेको बलात्कार प्रकरणले अव अर्कै मोड लिएको छ। बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवती भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक गर्ने ब्यक्ति पक्राउ परेपछि घट्ना अर्को प्रकरणमा प्रवेश गरेको हो।

प्रहरीले ‘गौशाला २६’ भन्दै एउटी केटीको फोटो सार्वजनिक गरेको भन्दै संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको छ। प्रहरीको साइबर ब्युरोले संखुवासभाबाट आजै उनलाई पक्राउ गरी काठमाडौं लगेको हो।

ब्युरो स्रोतका अनुसार उनीविरूद्ध सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ। उनीविरूद्ध बलात्कार पीडितको पहिचान सार्वजनिक गर्न कोशिस गरेको आरोपमा मुद्दा अगाडि बढाइने ब्युरो स्रोतले जनाएको छ।

एक युवतीले उनीविरूद्ध साइबर ब्युरोमा केही दिनअघि जाहेरी दिएकी थिइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट