भाषण गरेरै मान्छे हसाउँदै आएका ओली अव फिल्म खेल्दै, ‘नमेटिने घाउ’ बाट डेब्यु

काठमाडौं– हाँस्यब्यंग्य मिश्रित अभिब्यक्तिका कारण नेता, कार्यकर्ता र सर्वसाधारणलाई समेत हँसाउँदै आएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अव फिल्म खेल्ने तयारीमा लागेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अभिनेता रमित ढुंगानाद्वारा निर्देशित फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गर्न लागेका हुन्। काठमाडौंमा आइतबार फिल्मको औपचारिक घोषणा गरिएको हो। सो कार्यक्रममा ओलीसमेत उपस्थित थिए।

फिल्ममा तेजाब आक्रमणमा परेका किशोरी र महिलाको जीवनका कथालाई समेटिनेछ। फिल्ममा एमाले अध्यक्ष ओली प्रधानमन्त्रीको भूमिकामा प्रस्तुत हुनेछन्।

‘एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ– नमिटिने घाउ’ कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन।’

‘एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन। उनका साथीभाइ र परिवारलाई पनि बारम्बार पीडा दिइरहेको हुन्छ। नमेटिने घाउले केही हदसम्म यसलाई अन्त्य गर्छ भन्ने मलाई लागेको छ।’ – ओलीले भने। यो एउटा अभियान र प्रभावकारी अंग भएको उनले वताए।

एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनमा यो फिल्म आधारित रहनेछ। एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहनेछ। एसिड आक्रमण हुनुभन्दा अगाडिको पार्टमा भने रचना गौतम मुस्कान बन्ने छिन्। उनले पनि यही फिल्मबाट डेब्यू गर्न लागेकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट