गायिका रचना रिमाल सवार गाडी दुर्घटना, ट्रकले दियो ठक्कर

राजविराज– गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ। रिमाल सवार गाडीलाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको छ।

आइतबार नेपालगञ्ज विमानस्थलबाट दाङको लमही महोत्सवमा जानेक्रममा गायिका रिमाल सवार गाडी दुर्घटनामा परेको हो। गाडीमा केही क्षति पुगेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

गाडीमा सवार यात्रुहरु भने सबै सकुशल रहेको उनले बताएकी छन्। ‘आज नेपालगन्ज विमानस्थलबाट दाङ लमही महोत्सवमा जाँदै गर्दा हामी सवार गाडिलाई विपरित दिशाबाट आईरहेको ट्रकले ठक्कर दियो’ उनले लेखेकी छिन्–‘गाडिमा केहि क्षति पुगेको छ। यात्रुहरु हामि सबै सकुशल छौँ।’

लमही महोत्सवमा हुने भनिएको आफ्नो साङ्गितिक प्रस्तुति सोमबार हुने समेत जनाउँदै उनले महोत्सवमा उपस्थित हुन नसकेकोमा क्षमा मागेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट