अनुहारमा एसिड छ्याप्ने धम्की दिएर पूर्वसईद्वारा प्रेमीकाकी छोरी बलात्कार

काठमाडौं– परस्त्रीसँगको सम्वन्धमा रहेका एक पूर्वप्रहरी नायब निरीक्षक (सई)ले तिनै महिलाकी छोरीलाई बलात्कार गरेका छन्। पीडित किशोरीको जाहेरीका आधारमा पूर्वसई अनिरुद्र यादवलाई प्रहरीले पक्राउ गरेको छ।

किशोरीको उजुरीमा गत १७ पुसमा आमा घरमा नभएका बेला कोठमा आएर यादवले बलात्कार गरेको उल्लेख छ। पीडितका अनुसार आरोपी यादव करिव ८ वजे कोठामा पुगेर ढोका ढक्ढक्याएका थिए। ढोका खोलेपछि पानी मागेर खाएको तर, फर्केर नगएको किशोरीको भनाई छ। उनिहरु कलंकीमा एउटै घरमा डेरा गरेर बस्ने गरेका छन्।

पीडितले जाहेरीमा भनेकी छन्, ‘केही समयपछि उनले करकापमा पारेर तेरो आमालाई एसिड छ्यापेर कुरुप बनाइदिन्छु भन्दै धम्की दिएर शरीरमा समाउन थाले।’ प्रतिवाद गर्न खोज्दा बल प्रयोग गरेर जबरजस्ती बलात्कार गरेको जाहेरीमा उल्लेख छ। घट्नाका बारेमा कसैलाई जानकारी दिए ज्यान मार्ने धम्की समेत दिएको उनले जनाएकी छिन्।

अर्को दिन बेलुका बन्दुकको गोली देखाएर पुनः बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले छ। पूर्वसई यादवले भने बलात्कारको घट्ना अस्विकार गरेका छन्। किशोरीकी आमासँग आफू सम्बन्धमा रहेको बताउँदै उनले पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन्।

प्रहरीले पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ। सरकारी वकिलले जिल्ला अदालत, काठमाडौंमा बलात्कारको मुद्दा दर्ता गराएको छ।

आरोपी यादव १ पुस २०७६ मा प्रहरी सेवाबाट राजीनामा दिई हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट