टेलिकमका कर्मचारीलाई बोलाएर हर्क साम्पाङको केरकार, धरान छोड्न चेतावनी

धरान– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाल टेलिकमका एक जना कर्मचारीलाई कार्यकक्षमा बोलाएर ‘धरान छोडेर जा’ भन्दै धम्क्याएका छन्। फेसबुकमा स्ट्याटस लेखेको विषयमा धरान–६ का शिव धमलालाई साम्पाङले धम्क्याएका हुन।

धमलाले बुधवार साँझ फेसबुकमा ‘हामी कति मूर्ख कहिले माओवादीले भाटा हानेर दिमाग खुस्केकालाई जिताउँछौ, कहिले विदेशी भएका। अनि चुनाव पछि पछुताउँछौ’ भनी स्ट्याटस लेखेका थिए।

सोही विषयमा आफुलाई कार्यालयमा बोलाएर धम्की दिएको धमलाले बताएका छन्। मेयर साम्पाङले बोलाएर सुरुमा आफ्ना समर्थकहरूकै आगाडि केरकार गरेका थिए। त्यसपछि ‘धरान छोडेर जा’ भन्दै धम्की दिएको उनले वताए।

उनले प्रहरी बोलाई लछारपछार गरी आफूलाई अभद्र व्यवहार गरेको धमलाको आरोप छ। सामपाङले उनकै अगाडि पैहरीलाई फोन गरेर ‘यसलाई थुनामा राख्नु’ भन्दै आदेश दिएका थिए।

बिहीबार करिब १२ बजे मेयर साम्पाङले प्रहरी बोलाएपछि धमलाले धरान उपमहानगरपालिकाका प्रवक्ता तथा वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज)लाई ‘मलाई मेयर साम्पाङले प्रहरी लगाएर पक्राउ गर्न आँटे’ भन्दै म्यासेज गरे।

तुरुन्तै वडाध्यक्ष भट्टराईसहित एमाले धरान सहसचिव योगेशबाबू काफ्ले मेयरको कार्यकक्षमा पुगेका थिए। मेयर साम्पाङले काफ्लेलाई पनि ‘तपाईँ को हो तुरुन्त बाहिर निक्लेर जानुस’ भन्दै नगर प्रहरीलाई बाहिर निकाल्न आदेश दिए।

तर भट्टराईले ‘काफ्लेलाई निकाले ठिक्क नहुने’ चेतावनी दिएपछि प्रहरी हच्किएको जनाईएको छ। भट्टराईले ‘स्ट्याटस लेखेको विषय छलफल गर्न उचित छैन’ भन्दै धमलालाई लिएर गएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट