कन्चनपुरमा ५ महिनाअघि भएको हत्या प्रकरणमा प्रहरीका सहायक हबल्दारसहित २ जना पक्राउ

काठमाडौं– कञ्चनपुरमा ५ महिनाअघि भएको एक युवकको हत्या प्रकरणमा नेपाल प्रहरीका सहायक हवल्दारसहित २ जना पक्राउ परेका छन्। लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको हत्या अनुशन्धानका क्रममा सहायक हवल्दार कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी पक्राउ परेका हुन।

मृतककी श्रीमती सुशीला रानाले दिएको किटानी जाहेरीका आधारमा चौधरी र भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका डीएसपी प्रकाश डांगीले बताए। राना २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए।

धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना कहिलेकाही मात्र घर आउने गरेका थिए। १८ असोजमा श्रीमतीलाई फोन गरेर दशैंमा घर फर्किने बताएका थिए। तर, त्यसको १० दिनपछि नै मृत्यु भएको खबर आएको थियो।

२० असोजदे िखसम्पर्कविहिन भएपछि परिवारले खोजी सुरु गरेका थिए। कृष्णपुर नगरपालिका–३ को देखतभूली बस्ने राजकुमारकी दिदी रजनी रानाले दाजु नाता पर्ने राजेश रानाबाट राजकुमार प्रहरीको थुनामा रहेको सूचना पाएकी थिइन्।

राजेशले कृष्णपुर नगरपालिकाकै चेतराज भण्डारीले भनेको भन्दै रजनीलाई राजकुमार पक्राउ परेको बताएका थिए। सो क्रममा भण्डारीले राजकुमारलाई नेपाल प्रहरीको घुमुवाले गुलरियाको जंगलमा रहेको नर्सरीमा लखेटिरहेको अवस्थामा देखेको बताएको अडियो समेत सार्वजनिक भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट