गायक दुर्गेश थापालाई स्टेजमै जुत्ता हान्ने प्रकाश डुम्रेलाई प्रहरीले छोड्यो

काठमाडौं– स्याङ्जामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन शनिबार राति स्टेज प्रस्तुति भईरहेको थियो। गायक दुर्गेश थापा गीत गाईरहेका थिए।

दुर्गेशले गीत गाईरहँदा महोत्सवमा २०–२५ हजार मानिसको भिड थियो। अचानक दुर्गेशमाथि जुत्ता प्रहार भयो। कार्यक्रम स्थलमै रहेका एक युवकले थापामाथि स्टेजमै जुत्ता प्रहार गरे।

२७ वर्षीय युवक प्रकाश डुम्रेले गायक थापालाई जुत्ता प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी राजीव बस्नेतले बताए। उनलाई प्रहरीले पक्राउ गर्यो। तर, आईतबार दुवै पक्षको भेट भएपछि डुम्रे छुटेका छन्।

जुत्ता हान्ने व्यक्तिले मैले इन्टेनसनले हानेको होइन, एक्साइटेट भएर हानेको भनेपछि उनलाई छोडिएको प्रहरीले जनाएको छ। दुर्गेशले भने आफूमाथि जुत्ता प्रहार नभएको बताए। ‘एउटा भाइ मदिरामा झ्याप भएर नाचिरहेको रहेछ। उसको अगाडि कसैको एउटा जुत्ता गएछ’ उनले भने–‘कसको जुत्ता भनेर फाल्दा स्टेज छेउमा आएको थियो।’

कसैले जुत्ता प्रहार गरेको भए आफूले कानुनी उपचार नगरी त्यसै नछोड्ने समेत दुर्गेशले सुनाए। तर, सार्वजनिक भएको भिडियोमा भने दुर्गेशमाथि सिधै जुत्ता प्रहर भएको देखिन्छ। भिडियो अनुसार थापामाथि पछाडिबाट जुत्ता प्रहार गरिएको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट