झण्डै २ करोड नक्कली नोटसहित स्कारपियो र चालक पक्राउ, को हो कारोवारी ?
इटहरी– सुनसरीको इनरुवा–४ बाट प्रहरीले भारतीय नम्बर प्लेटको गाडीमा झण्डै २ करोड नक्कली नोट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार भारतीय स्करपियोमा १ करोड ८२ लाख ५१ हजार नेपाली नक्कली नोट फेला परेको हो। सवै नोट १ हजार दरका छन्।
आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा सुनसरी खोलाको पुलनजिकैबाट नक्कली नोट बरामद भएको हो। नक्कली नोटसँगै एक जना भारतीय नागरिक पनि पक्राउ परेका छन्। प्रहरी स्रोतका अनुसार गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पक्राउ परेका हुन् ।
गाडीमा सवार अर्का व्यक्ति भने फरार छन्। गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ। ट्राफिक प्रहरीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी चेकजाँच गर्दा लुकाएर ल्याएको नोटहरु बरामद भएको हो। बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

