धेरै रोएको भन्दै उचालेर पछार्दा ८ महिने शिशुको मृत्यु, आमा पनि पक्राउ

दमक– झापाको बेलडाँगी भुटानी शरणार्थी शिविरमा ८ महिने शिशुको हत्या भएको छ। दमक नगरपालिका–३ मा रहेको शिविरमा शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शिविरको सेक्टर सी ४ हट नम्बर ४३२ बस्ने ५० वर्षीय पञ्जवीर घिसिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार घिसिङलाई सोमबार राति पक्राउ गरिएको हो।

घिसिङले उनकै घरमा आश्रय लिएर बसेकी २५ वर्षीया महिलाको ८ महिनाको छोरा एरित ओलीको हत्या गरेको रेग्मीले बताए। धेरै रोएको भन्दै उनलेसुरुमा थप्पड हानेका थिए। त्यसपछि शिशु झन रुन थालेपछि उनले उचालेर पछारेका थिए।

पछारेका कारण गम्भीर घाइते शिशुलाई तत्काल उद्दार गरेर दमक अस्पताल पु¥याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि किओच बाल अस्पताल दमक लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको एसपी रेग्मीले बताए।

बालककी आमालाई समेत आवश्यक अनुसन्धान तथा सोधपुछका लागि नियन्त्रणमा लिएर छानबिन भइरहेको प्रहरीले जनाएको छ। आरोपी घिसिङले घटना भएको बेला मादक पदार्थ समेत सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट