ड्युटीमा रहेकी महिला प्रहरीको अर्का प्रहरीद्वारा गोली हानी हत्या

दाङ– दाङमा ड्युटीमा रहेकी एक महिला प्रहरीलाई अर्का प्रहरीले गोली हानी हत्या गरेका छन्। महिला प्रहरीको हत्या गर्ने प्रहरी उनकै श्रीमान हुन।

घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी धनमाया गुरुङमाथि बिहीवार बेलुकी उनकै श्रीमान सहायक हवल्दार यमबहादुर झाँक्रीले गोली हानेका थिए।

तीन राउण्ड गोली लागेकी गुरुङलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

तालिम केन्द्र नेपालगञ्जमा कार्यरत यमबहादुर विहीबार घोराही आएका थिए। श्रीमतीलाई गोली हानी भागेका यमबहादुरलाई लमहीको अर्जुन खोला नजिकबाट प्रहरीले नियन्त्रणमा लिएको सीडीओ रामबन्धु सुवेदीले जानकारी दिए।

‘घटना करिब साढे ७ बजेतिरको हो। श्रीमतीलाई गोली हानेर भागेका यमबहादुरलाई करिब साढे ८ बजेतिर प्रहरीले अर्जुन खोला नजिकबाट नियन्त्रणमा लियो।’– सीडीओ सुवेदीले भने।

झाँक्रीले आफै श्रीमतीको हत्याको कारण खुल्न सकेको छैन। घट्नाको अनुसन्धान जारी रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर कडायतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट