यौन व्यभिचार गरेको आरोपमा ऐन महरलाई एमालेले केन्द्रीय सदस्यबाट हटायो

काठमाडौं– यौन व्यभिचारको आरोप लागेका केन्द्रीय सदस्य ऐन महरलाई नेकपा एमालेले केन्द्रीय सदस्यबाट हटाएको छ।

महिलासँग कुराकानी गरेको करिव ८ मिनेटको अडिओ सार्वजनिक भएपछि नेकपा (एमाले) ले केन्द्रीय सदस्यबाट महरलाई हटाएको हो।

ऐन महरको अडिओ केही समयअघि सार्वजनिक भएको थियो। अडिओमा महरको हर्कत पुष्टि भएपछि उनलाई कारबाही स्वरूप राजीनामा दिन लगाइको एमालेका एक नेताले बताए।

उनले दिएको राजीनामा बिहीबार बसेको सचिवालय बैठकले स्वीकृत गरेको छ।

०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए। सार्वजनिक अडियोमा आफूसँग सबन्धमा रहेकी महिलाले ‘बर्बाद पार्छु’ भनेपछि महरले परिस्थितिलाई साम्य बनाउन सो संवाद गरेको देखिन्छ।

अडियोमा पुरुषले ती महिलासँग सम्बन्ध रहेको तर, आगामी दिनमा परिवारसँग मिलेर बस्न र ‘डिभोर्स’ नगर्न सुझाएका छन्। संवादको बिचमा अडियो रेकर्ड गरेकोबारे महिलालाई शंका गरेका उनले ती महिलाले आफूलाई प्रयोग गर्न खोजेको आरोप लगाएको अडियोमा सुनिएको छ।

महिलाले दुई जनाको बिचमा शारीरिक सम्पर्क भएपछि आवश्यक औषधी किन्न पुरुषले आनाकानी गरेको भन्दै आक्रोश पोखेकी छन्।

अडियोमा महिलाले घटना सार्वजनिक गर्न खोजेपछि महरले दबाब र धम्की दिएको आरोप लगाइएको छ। संवादमा महिलाले भनेकी छन्, ‘मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?’

सामाजिक सञ्जालमार्फत बाहिरिएको संवाद यस्तो छ–

महरः म चाहिँ विश्वास र माया हो ।
महिलाः मैले चाहिँ विश्वास गरेका हैन ?
महरः हिजो जसरी म तँलाई बर्बाद पार्छु सिध्याउँछु तिमिले दुनियाँ कुरा जुन भन्यौँ त्यो कुराले म असाध्यै अचम्मित भयभीत र त्रसित भा’को हु । तिमीसँगको जुन माया र विश्वास थियो अब त्यो चाहिँ रहेन ।
महिलाः अब के रह्यो त बाँकी ? म सँग पनि विश्वासको कुरा नै रहेन निँ तपाईँको ।
महरः मैले जे कुरा भनेपछि अन्यत्र लगेर सुनाउँदा रहेछौ । अरूको कुरा सुनेर मसँग झगडा गर्न आउँथ्यौ ।
महिलाः यति नराम्रो बनाउनु भो, तपाईँले चरित्रहीन नै बनाउनु भयो क्या ?
महरः छैन, चरित्रहीन हैन । मैले त तिम्रो र मेरो इज्जत जोगाउन खोजेको । तिमीले मसँग सम्बन्ध भयो भनिरहँदा मैले होइन, उसले रिसले भनिरहेको छ भनेर मैले जोगाएको हुँ ।
महिलाः मैले त सवैलाई (परिवार)मा भनेँ नि त । अब १० चोटि कत्ति एउटै कुरा गर्ने ? तपाईँले औषधी किन्देको भए केही हुने थिएन । तपाईँले त्यहाँदेखि मलाई इग्नोर गर्दै आउनु भएको हो क्या । तपाईँले मलाइ जस्ट युज मात्रै गरेको रै’छ मलाई थाहा भयो । म कति रोएँ क्या त्यो बेला ।
महरः युज को कुरा गर्छौ, युज त तिमीले मलाई गरेको फिल भैराछ ।
महिलाः सेक्स गरेको भनेर औषधि किन्दिनु भनेर म (उसलाई) भन्नु ?
महरः तिमीले रेकर्ड त गरेको छैनौँ निँ ?
महिलाः नोबाल्नु नत, म कानुनी प्रक्रियामा जान्छु मेरो मोबाइल लिएर जानु । मेरो प्रमाण छ थुप्रै, नानीलाई पठाएको छु ।
महरः ए, भनेपछि तिमी आफू कानुनी रूपमा परिपक्व भएर फसाउन बसेका छौ ?
महिलाः मेरो घर वरिपरि मान्छेहरू किन आउँछन् मार्नलाई भनेर ?
महरः मैले भाइहरूलाई पनि बोलाएर भनेँ । गल्ती भयो भाइ हो, ऊसँग नजिक थिएँ भनेको छु । तर, धम्की दिएको छैन ।
महिलाः धम्की किन दिएको छैन, घर वरपर आएर ? मलाई मार्ने भए मार्नु, म तपाईंकै अगाडि मर्दिन्छु ।
महरः मर्ने मार्ने कुरा नगर, मलाई मार्नु पनि छैन । मेरो कुरा के भने, तिम्रो पनि इज्जत जोगियोस् भविष्य बनोस् ।
महिलाः मेरो त भविष्य खतम भैसकेको छ । डिभोर्स गर्छु । तपाईँको के हो ?
महरः डिभोर्स नगर, मिलेर बस । जुन तिमीहरू मिलेकै छौँ नाटक जस्तो लागिरा’छ तिमीहरूको । अहिले मेरा विरुद्ध पनि सँगै हिँडिरहेका छौ । तर, हिजो जसरी भन्यौ म रातभर सुत्न सकेको छैन । डिभोर्स नगर, मिलेर बस त्यसको लागि के वातावरण बनाउनुपर्छ , मैले के सहयोग गर्नुपर्छ ? आत्मीयता, साथ सहयोग मेरो रहन्छ । कहिल्यै नराम्रो गर्दिनँ, नराम्रो सोच्दिनँ ।
महिलाः आज भने आज भोलि भने भोलि डिभोर्स दिन्छु, साइन गर्न बाँकी त हो नि !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट