क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन–बी भेटिएपछि भारतमा कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध

काठमाडौं– क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन–बी भेटिएपछि भारतमा केही राज्यले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन्।

दक्षिणी राज्य तमिलनाडुले परीक्षण गर्दा कटन क्यान्डीमा क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन–बी भेटिएको थियो। फेब्रुअरी महिनाको सुरुतिर केन्द्र शासित पुडुचेरीले पनि कटन क्यान्डीमाथि प्रतिबन्ध लगाएको थियो। अन्य राज्यहरूले पनि यसको नमुना परीक्षण गर्न थालेका छन्।

भारतलगायत विश्वका विभिन्न देशमा कटन क्यान्डी खानेकुरा बालबालिकामाझ परिचित छ। तमिलनाडुको चेन्नई सहरका खाद्य सुरक्षा अधिकारी पी सतिश कुमारले कपास क्यान्डीमा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने बताए।

रोडामिन–बी रसायनले क्यान्सरको जोखिम बढाउन सक्ने अध्ययनले देखाएको छ। युरोप र क्यालिफोर्नियामा खाने रङ वा फुड डाइको रूपमा यसको प्रयोग अवैध छ।

नेपालमा पनि गत १३ माघमा काठमाडौं महानगरपालिकाले सूचना जारी गरेर अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग तथा बिक्रीमा रोक लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट