एक वर्षदेखि तलव भत्ता नपाएपछि विष्णुपुरका शिक्षक कर्मचारीद्वारा विद्यालय वन्दको घोषणा

राजविराज– सप्तरीको विष्णुपर गाउँपालिका अन्तर्गतका सामुदायीक विद्यालयका शिक्षकहरुले सम्पुर्ण विद्यालय वन्द गरी गाउँपालिका कार्यालयमा धर्ना दिने घोषणा गरेका छन्।

गाउँपालिका अन्तर्गतका शिक्षकहरुको सोमबार सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो। विगत एक वर्षदेखि तलब भत्ता नभएकाले घरब्यवहार चलाउन समस्या भएको भन्दै उनीहरुले यस्तो निर्णय गरेका हुन।

भेलामा करिव १ सय जना शिक्षक तथा कर्मचारीहरु उपस्थित थिए। निर्णयमा भनिएको छ–‘विष्णुपुर गाउँपालिकाका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको तलब भत्ता विगत १(एक) वर्षदेखि निकासा नदिएकाले घर व्यवहार चलान साह्रै अप्ठ्यारो परेको हुँदा बाध्य भई सम्पूर्ण कर्मचारीहरुको सामूहिक बैठक वसी यही मिति २०८०/११/१४ गतेदेखि तलब भत्ता निकासा नभए सम्म यस पालिका भित्र रहेका सम्पूर्ण विद्यालय वन्द गरी गाउँपालिकामा धर्ना वस्ते निर्णय प्रलय पारित ग–यौ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट