रक्सीको तालमा साथीकी श्रीमतीलाई ‘प्राङ्क कल’, आफनो श्रीमतीलाई दुर्व्यवहार गर्न खोजेपछि हत्या

काठमाडौं– भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोलमा केही दिनअघि भएको हत्याको गुत्थी प्रहरीले फेला पारेको छ। तेह्रथुमको छथर गाउँपालिका –२ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा कोठा लिएर वस्दै आएको ३३ वर्षिय गोपाल ढकालको हत्या भएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–६ का २९ वर्षिय सन्तोष सुवाललाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनी पेसाले मोटरसाईकल मिस्त्री हुन। घट्ना हुन भन्दा केही दिनअघि मात्रै ढकाल र सुवालको भेट भएको थियो। उनीहरु रक्सीभट्टीमा भेट भएका साथी हुन। तेल किन्न भनेर कोठाबाट निस्किएका ढकाल र सुवालले घट्ना भएको (१० फागुन) दिन पनि सँगै वसेर रक्सी खाए।

रक्सी खाएर उनीहरु सिपाडोलस्थित वडा कार्यालय नजिकै रहेको रोशन बस्नेतको गोठमा गए। त्यहाँ रक्सीको तालमा सुवालले ढकालकी पत्नीलाई ढकालकै मोबाइलबाट ‘प्राङ्क कल’ गरेर पैसा मागेको खुलेको छ। ढकालकी श्रीमती रेनुलाई टेलिफोनमा ‘श्रीमान चाहिए २ लाख रुपैयाँ लिएर सूर्यविनायकको जंगलमा आउनू’ भनिएको थियो।

त्यसपछि ढकालले सुवालको श्रीमतीलाई दुर्ब्यवहार गर्न खोजेको र सोही विषयमा विवाद भएपछि ढुंगाले हानेर ढकालको हत्या गरेको अनुसन्धानमा खटिएका अधिकृतले बताएका छन्। ढकाल वेपत्ता भएपछि उनकी श्रीमती रेनुले आफनो श्रीमान हराएको भन्दै जगाती प्रहरी वृत्तमा १० फागुनमै उजुरी दिएकी थिइन्।

खोजतलास गर्ने क्रममा ११ फागुनमा बस्नेतको गोठमा ढकाल मृत अवस्थामा फेला परेका थिए। हत्यामा सुवालको संलग्नता देखिएपछि काभ्रेको मण्डनदेउपुर नगरपालिका–६, सिपाघाटबाट शनिबार उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

उनी घटनापश्चात फरार भएका थिए। ०७८ मा पनि चोरी आरोपमा पक्राउ परेर ४ महिना कारागार वसेका सुवालको साथबाट ढकालको मोवाइल र ज्याकेट बरामद भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट