प्रचण्डले कांग्रेससँगको सत्ता सहयात्रा टुंग्याए, फेरी समाए एमालेको फेरो

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससहितको गठवन्धन यात्रा टुंग्याएका छन्। नेकपा एमालेसँग सहकार्य गर्ने सहमति जुटेसँगै दाहालले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्काएका हुन।

अव गत वर्ष १० पुसमा बनेकै गठबन्धनलाई आधार मानेर नयाँ समीकरण बन्ने जनाईएको छ। गठवन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पनि समेटिने छन।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले पनि नयाँ सत्ता समीकरण आजै अगाडि बढाउने निर्णय गरेको छ। बैठकले पदम गिरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ।

स्रोतका अनुसार, प्रधानमन्त्री दाहालले विवादित मन्त्रीहरुलाई बर्खास्त गरेर आजै मन्त्रिपरिषद् पुनर्गठन गर्दैछन्। सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।

गएराति अबेरसम्म प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्मार्णमा लागि १३८ जना सांसद आवश्यक पर्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट