पक्राउ परे गृहमन्त्रीका पूर्वपार्टर जीबी राई? के होला लामिछाने विरुद्धको अनुशन्धान ?

राजविराज– गृहमन्त्री रवि लामिछानेका पूर्व ब्यवसायीक पार्टनर जीबी राई (गितेन्द्रबाबु राई) सिंगापुरमा पक्राउ परेको भन्दै सामाजिक सञ्जालमा ब्यापक चर्चा सुरु भएको छ।

फेसवुकमा ‘रवि गृहमन्त्री बनेको १२ घण्टा नवित्दै जीबी राई पक्राउ’ भन्दै पोष्टहरु आईरहेका छन। तर, नेपाल प्रहरीका प्रमुख आइजिपी बसन्तबहादुर कुँवरले भने त्यो विषय आफुलाई थाहा नभएको बताए।

राईलाई पक्राउ गर्न गृहमन्त्रालयले यसअघि नै प्रकृया सुरु गरेको थियो। सरकारले परराष्ट्र मन्त्रालय मार्फत मलेसिया सरकारलाई पत्र लेखेरै राईलाई पक्राउ गरी नेपाल फर्काइदिन आग्रह गरेको छ। सहकारीको अर्बौँ रकम हिनामिना गरेर मलेसिया पुगेका राईलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले सहयोग मागेपछि प्रहरी प्रधान कार्यालयले मलेसिया प्रहरीलाई पत्र पठाएको हो।

जीबी नेपालबाट भागेर मलेसिया पुगेको पुष्टि भएपछि प्रहरीले इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गराएको थियो। त्यसपछि उनी भिसा थप गरेर मलेसियामै बसेको पाईएको छ। गृह स्रोतका अनुसार उनले भिसा थप गरेको खुलेपछि त्यहाँको सरकारलाई नै अनुरोध गर्दै पत्र पठाइएको हो।

मलेसियाको राजधानी क्वालालम्पुर स्थित देशापन्डनमा अपार्टमेन्ट छ। उनले सन् २०१९ मै अपार्टमेन्ट २६ लाख रिङ्गिट (नेपाली ७ करोड २३ लाख ५८ हजार रुपैयाँ) मा खरिद गरेका हुन्। यस वाहेक मलेसियाकै अर्को सहर साइबरजयामा राईले एक सपिङ मार्ट समेत सञ्चालन गरेको उनी निकटका एक व्यवसायीको दाबी छ। सपिङ मार्ट अपार्टमेन्टबाट करिव ३३ किलोमिटर टाढा छ।

सहकारी ठगी प्रकरणमा राईसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन पनि मुछिएका छन्। राईले पोखराबाहेक काठमाडौं, चितवन र बुटवलमा समेत सहकारी सञ्चालन गरेर निक्षेतकर्ताको रकम हिनामिना गरेको खुलेको छ।

सूर्यदर्शन सहकारीका १८ हजार ७ बढी बचतकर्ताको १ अर्ब ११ करोड १ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ। ठगीमा परेको भनी १ हजार ३६ जनाले प्रहरीमा उजुरी दिएका छन्।

प्रहरीले नेचर हब्स कार्यालयबाट सूर्यदर्शन सहकारी र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारीको सर्भर बरामद गरेको छ। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा सीआईबीले लामिछानेका विषयमा समेत अनुशन्धान गरिरहेको छ। तर, लामिछाने आफै गृहमन्त्री बनेपछि उनका विषयको अनुशन्धान के हुन्छ भन्ने विषय हेर्न वाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट