मादक पदार्थ सेवन गरी कुटपिट गरेर श्रीमतीको हत्या

काठमाडौं– भक्तपुरमा एक ब्यक्तिले मादक पदार्थ सेवन गरी कुटपिट गरेर श्रीमतीको हत्या गरेका छन्।

सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–८ घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल पिपलबोट बस्ने २५ वर्षिय सन्तोष भुजेलले कुटपिट गरी श्रीमती २१ वर्षिया पवित्रा राईको हत्या गरेका हुन।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकका अनुसार बिहीबार साँझ सवा ६ बजे सन्तोषले श्रीमतीलाई कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर घाइते भएकी पवित्रालाई भक्तपुर अस्पताल लगिएको थियो।

त्यहाँ उपचारका क्रममा राति सवा ७ बजे उनको मृत्यु भएको डिएसपी पाठकले बताए। कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सन्तोषलाई पक्राउ गरेको छ।

घट्नाको थप अनुशन्धान भईरहेको पाठकले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट