हतकडीसहित भागेका थुनुवा समाउन कार्यालय भवनबाट हामफाल्दा प्रहरीको ज्यान गयो

काठमाडौं– दार्चुलामा प्रहरी हिरासतबाट हतकडीसहित फरार भएका थुनुवा समाउन कार्यालय भवनबाट हामफालेका प्रहरी जवानको मृत्यु भएको छ।

कैलाली घर भएका ३० वर्षीय प्रहरी जवान सोहन चौधरीको सोमबार दिउँसो साढे १२ बजे मृत्यु भएको हो।

जवरजस्ती करणी मुद्दामा २१ फागुनमा पक्राउ परेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर सोधपुछ चलिरहेका बेला मुद्दा शाखाबाट भागेका थिए।

उनलाई समाउन प्रहरी जवान चौधरी प्रहरी कार्यालय भवनको पछाडी भागबाट हामफालेका थिए। हामफाल्दा भिरमा पुगेका उनको टाउकोमा चोट लागेको थियो।

त्यसको केही वेरपछि नै उनको मृत्यु भएको इन्स्पेक्टर ज्ञानेन्द्र सिंहले बताए। मृतकको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ।

हतकडीसहित भागेका कुँवरलाई भारतीय प्रहरीको समन्वयमा महाकाली पारिबाट पक्राउ गरिएको इन्स्पेक्टर सिंहले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट