कपनबाट हराएकी सिन्धुलीकी १९ वर्षीया किशोरीको शव पशुपतिको जंगलमा भेटियो
काठमाडौं– बालुवाखानी, कपनबाट भक्तपुर जान्छु भन्दै हिडेकी सिन्धुली घर भएकी एक किशोरी पशुपतिनजिक गोरखनाथ मन्दिरमाथिको जंगलमा मृत फेला परेकी छिन्।
१९ वर्षीया सुस्मिता थापाको शव जंगलमा फेला परेको हो। शुक्रबार विहान मर्निङ वाक जानेहरुले सुस्मिताको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।
गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेका अनुसार किशोरीको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो। प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको हुनसक्ने देखिएको थेवेले वताए।
बालुवाखानी, कपन बस्ने सुस्मिता केही दिनदेखि हराइरहेकी थिइन्। आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए।
प्रतिक्रिया