नोवेल अस्पतालकी स्टाफ नर्सको घाँटी काटेर हत्या, शौचालयमा भेटियो शव
विराटनगर– विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको हत्या भएको छ।
सिराहाको फुल्काहकट्टी घर भई विराटनगर ४, बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी दासको शव शौचालयमा फेला परेको छ। उनको डेरा अस्पताल नजिकै छ।
दासको हत्या भएको देखिएको मोरङ प्रहरीका डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शव शौचालयमा फालेको अवस्थामा भेटिएको उनले वताए।
उनको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको प्रहरीले जनाएको छ। हत्यामा संलग्नको पहिचान खुलेको छैन।
प्रतिक्रिया