भारतबाट भागेर नेपालमा लुकेका २ अपराधी सर्लाहीमा पक्राउ, भाग्न खोज्दा प्रहरीले गोली चलायो

जनकपुर– हत्या तथा डाका मुद्दामा संलग्न भई भारतीय प्रहरीको फरार सूचीमा रहेका २ कुख्यात अपराधी नेपालमा पक्राउ परेका छन्। सर्लाहीको बरहथवा नगरपालिका–६ मा डेरा गरी बस्दै आएका उनीहरुलाई प्रहरीले सोमवार राती पक्राउ गरेको हो।

भारतको बिहार सीतामढी सैयारा ग्राम पञ्चायतका २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगा पिपराका २४ वर्षीय जितेन्द्र राउत पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। राती करिव साढे ८ बजे प्रहरी कोठामा पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली प्रहार गरेका थिए।

त्यहाँबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लैजाने क्रममा बाटोमा जितेन्द्रले भाग्न प्रयास पनि गरेको प्रहरीले जनाएको छ। प्रहरी भ्यान परिवर्तन गर्ने क्रममा भागेका उनलाई खुट्टामा गोली हानेर पक्राउ गरिएको प्रहरीलेले जनाएको छ। दुबै खुट्टामा गोली लागेका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको भइरहेको छ।

प्रहरीले जितेन्द्रको साथबाट ९ एमएम पिस्टन एक वटा र म्यागजिन बरामद गरेको छ। प्रहरीका अनुसार उनीहरु विरुद्ध कयौं हत्या र डाका गरेको आरोपमा मुद्दा दायर छ। दुबैजनाको गिरोहका केही साथी भारतमा प्रहरीको इन्काउन्टरमा मारिएका छन् भने केही जेलमा छन्।

भारतीय प्रहरीको मोस्टवान्टेड सूचिमा परेपछि उनीहरु आफ्नो सुरक्षाका लागि नेपाल पसेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट