वलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज १७ चैतमा नेपाल आउँदै

काठमाडौं– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डीज १७ चैतमा नेपाल आउने भएकी छन् । ज्वेलरी फेसन रनवेमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन।
आरबी डायमण्ड ज्वेसर्लले स्थापनाको २७औँ वर्ष पूरा गरेको अवसरमा उक्त रनवे आयोजना गर्न लागेको हो। ज्वेलर्सका प्रमुख रिकेन महर्जनले नेपाली बजारको गहना र डिजाइनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन कार्यक्रम आयोजना गरिएको बताए।
उनले ज्याकलिनको एउटा भिडियो सार्वजनिक गर्दै कार्यक्रमको तयारी भैरहेको जानकारी दिएका छन्। भिडियोमा ज्याकलिनले आफू नेपाल आउन लागेको बताएकी छन्।
प्रतिक्रिया