रौतहटमा बसको ठक्करबाट साइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु
रौतहट — सर्लाहीतर्फ जाँदै गरेको यात्रु बसले रौतहटमा साईकललाई ठक्करबाट साईकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृतक श्रीमान श्रीमती हुन।
बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मे १ ख २५३६ नम्बरको बसले बाग्मती–चन्द्रपुर खण्डमा साईकललाई ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पु¥याइएको थियो। अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयले मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा सवारी आवत् जावत् ठप्प पारे। प्रहरीले बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ। मृतक परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर सडक जाम गरेका छन्।
One thought on “रौतहटमा बसको ठक्करबाट साइकलमा सवार श्रीमान श्रीमतीको मृत्यु”
Leave a Reply to प्रचण्ड बहादुर थापा Cancel reply
लोकप्रिय
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ


उपचार को लागि लगेको गलत खबर हो ! म पनि प्रथाष्यदर्शी हो त्यो दुखद घटना को घटना घटेको सही समय मा आउनू हजुर हरु को दायित्व हो | सुनेको भरमा समाचार सम्प्रेषण नगर्नु होला |