नुहाउन धारामा गएकी १२ कक्षा पढ्ने किशोरीको घाँटी काटेर हत्या

काठमाडौं– पाल्पामा १२ कक्षा पढ्ने १९ वर्षीया किशोरीको घाँटी काटेर हत्या गरिएको छ। सिब्दीकोट गाउँपालिका– १ ख्याहा काराम्दीकी पद्मा सुनारको हत्या भएको हो।

बिभत्स तरिकाले घाँटी र हातमा काटेर हत्या गरेको अवस्थामा प्रहरीले उनको शव मंगलबार साँझ फेला परेको छ। उनी घरबाट दिउँसोतिर अलि पर रहेको सार्वजनिक पँधेरोमा नुहाउन भनेर हिडेकी थिईन।

पदमा घर फर्किन ढिला भएपछि परिवारका सदस्यले खोजतलास सुरु गरेका थिए। साँझपख उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी स्थानीय शारदा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन्।

प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुशन्धान सुरु गरेको छ। उनको बलात्कार प्रयासमा प्रतिकार गर्दा हत्या भएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट