ब्ल्याकमेल गरेर ५ लाख मागेको आरोपमा अनेरास्ववियुकी नेतृ रक्षा बम पक्राउ
काठमाडौं– एमाले विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले आपराधिक लाभको मुद्दामा पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा परेको रस्मिला धामीको उजुरीका आधारमा बमलाई ओशो तपोवन क्षेत्रबाट बुधबार पक्राउ गरिएको जनाईएको छ।
बमले आफनो मोबाइलमा अनधिकृत प्रवेश गरी गोप्य कागजात लिई ५ लाख माग गरेको पीडितको जाहेरीमा उल्लेख छ। उनीविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।
प्रतिक्रिया