सप्तकोशीको राष्ट्रिय मावीमा शिक्षकहरुबीच कुटाकुट, एक जना पक्राउ

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका १, फत्तेपुरस्थित राष्ट्रिय मावीमा शुक्रबार शिक्षकहरुकै बीचमा कुटाकुट भएको छ।

विहान करिव साढे १० बजेको समयमा प्रधानाध्यापक सुरेन्द्रकुमार पण्डित र शिक्षक आशिष चौधरीबीच कुटाकुट भएको हो।

प्रहरी चौकी फत्तेपुरका अनुसार कुटाकुटमा संलग्न मध्ये शिक्षक चौधरीलाई पक्राउ गरिएको छ। उनलाई इलाका प्रहरी कार्यालय कञ्चनपुर पठाईएको चौकीले जनााएको छ।

प्रअ पण्डित पनि अहिले इलाका प्रहरी कार्यालय कञ्चनपुरमै छन्। उनले घट्नाको विषयमा बोल्न चाहेनन्। आफु ब्यस्त भएको भन्दै उनले फोन काटे। उनी विद्यालयमा अनियमितता गरेको विषयमा विवादमा पर्दैआएका छन्।

कुटाकुट के विषयमा भएको हो भन्ने खुलेको छैन। घट्नालाई गुपचुप राख्ने प्रयास गरिएको स्रोत बताउँछ। नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामदेव चौधरीले फोन उठाएका छैनन्। चौधरीले नै शिक्षा शाखा पनि हेर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट