हँसियाले घाँटी रेटेर वृद्ध दम्पत्तिको हत्या, प्रहरीको नियन्त्रण वाहिरै हत्यारा

पर्वत– पर्वतको जलजला गाउँपालिका–२, मल्लाज दहमा भएको दम्पतीको हत्या गरगहना तथा नगद लुटपाटका लागि गरिएको पुष्टि भएको छ। सोमबार राति ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको हत्या भएको थियो।

उनीहरुको हतया लुटपाट गर्ने उद्देश्यले भएको प्रहरीको अनुशन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका डीएसपी खुमलाल भुसालका अनुसार हत्यापछि सूर्यबहादुरले लगाएको सुनको औँठी तथा कमलाले लगाएको सिक्री र रिङ गायव छ।

मृतक कमलाको कानको लोती नै च्यातेर रिङ निकालेको र सूर्यबहादुरका कोट तथा पाइन्टका खल्तीहरु फुकालिएको, सुत्ने पलङका बाकस फोडिएको लगायतक घट्नास्थलको प्रकृतिले लुटपाटकै कारण हत्या भएको पुष्टि हुने उनले वताए।

मृतक दम्पतीको घाँटी र टाउकामा चोट लागेको छ। हँसियाले घाँटी काटेर उनीहरुको हत्या भएको प्रहरीको ठम्याई छ। घट्नास्थलबाट हत्यामा प्रयोग भएको हँसिया पनि प्रहरीले बरामद गरेको छ। सूर्यबहादुर दम्पती गाउँमा किराना पसल र मिल सञ्चालन गर्दै बसेका थिए।

उनीहरुका दुई छोरा दक्षिण कोरियामा छन् भने जेठा छोराले म्याग्दीको बेनीमा फेन्सी पसल सञ्चालन गर्दै आएका छन्। उनीहरूको घरभन्दा करिब २० मिनेट माथि बस्ती छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट