भारतको नैनीतालमा सवारी दुर्घटना हुँदा ७ नेपालीको मृत्यु

गएराति भारतको नैनीताल जिल्लाको बेतालघाटमा सवारी दुर्घटनामा हुँदा मृत्यु भएका मध्ये ७ जना नेपाली भएको खुलेको छ। दुर्घटनामा सवारी चालक भारतीय नागरिकको पनि मृत्यु भएको छ।
बेतालघाट पुलिस थानाका सब–ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा ५० वर्षीय विशराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ३८ वर्षीय विनोद चौधरी, ४५ वर्षीय तिलक चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ६० वर्षीय गोपाल बस्नेत र नैनीतालको ओडा बाँस्कोटका हरीशराम रहेको जनाइएको छ।
धीरजकी श्रीमती शान्ति चौधरी, छोटु चौधरी र प्रेम बहादुर नाम गरेका श्रमिक घाइते भएका छन्। मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ।
उनीहरु घटनास्थल वरपर सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे। गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा रहेका उनीहरु सामान लोड गर्दा गर्दैको सवारीसहित सडकदेखि तल झरेको जनाईएको छ।