मरेको भेडाको मासु खाँदा छोरीज्वाईँसहित एकै परिवारका ६ जना बिरामी

काठमाडौं– जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।
गुठिचौर गाउँपालिका–४ थामबाडाका ४० वर्षका विष्णुबहादुर अधिकारी उनकी श्रीमती कमलदेवी, छोरा सुर्य तथा छोरीहरू शुक्ष्मा, सावित्री र ज्वाइँ राजेश खत्री विरामी परेका हुन।
उनीहरु सबैले बुधबार बिहान मरेको भेडाको मासु खाएका थिए। विषालु घाँस खाएर मरेको भेडाको मासु खाँदा उनीहरु बिरामी परेको आफन्तको भनाई छ। सवैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ।
तीन जना पुरुष र तीन जना महिला बिरामी परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा.पुजन रोकायाले बताए। बिरामी ६ जनाको अवस्था सामान्य देखिए पनि अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा.रमाकान्त रायले बताए।
प्रतिक्रिया