कवाडी गोदाममा कस्ले राख्यो पेस्तोलको ५३ राउण्ड गोली

जनकपुर– सर्लाहीको मलंगवा नगरपालिका–८ गोरखकालीस्थित एक कवाडी गोदामबाट प्रहरीले ५३ राउण्ड गोली बरामद गरेको छ। कवाडीका सामानहरू राखिएको ठाउँमा बिहीबार बिहान गोली बरामद भएको हो।
माटो मुनी गाडेर राखेको गोलीका विषयमा सूचना पाएपछि पुगेको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा खनेर पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको हो।
प्रहरीका अनुसार गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने खुल्न सकेको छैन। प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको सर्लाही प्रहरीले जनाएको छ।
प्रतिक्रिया