एकै ओभरमा ६ छक्का हान्ने पहिलो नेपाली बने दिपेन्द्रसिंह ऐरी

काठमाडौं– दिपेन्द्र सिंह ऐरी एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी वनेका छन्। एसीसी प्रिमियर कप अन्तर्गतको कतारविरुद्ध भएको शनिवारको खेलामा आक्रामक ब्याटिङ गर्दै दिपेन्द्रले अन्तिम ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन्।

कतारका बलर कमरान खानको ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका दिपेन्द्रले २१ बलमा अविजित ६४ रन बनाए। दीपेन्द्रले केही महिनाअघि मात्रै मंगोलियाविरुद्ध दुई फरक ओभरमा लगातार ६ छक्का हानेका थिए।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस अघि भारतका युवराज सिंहले इङल्याण्डविरुद्ध २००७ मा र वेस्टइण्डिजका केरन पोलार्डले २०२१ मा श्रीलंकाविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

नेपालले कतारलाई २११ रनको विशाल लक्ष्य दिएको छ। अहिले बलिङ गरिरहेको नेपाललले कतारको दोस्रो विकेट लिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट