राम नवमीको र्‍यालीमा अवरोध भएपछि विराटनगरको रानीमा २ समुदायबीच झडप, प्रहरीले गर्यो हवाई फायर

विराटनगर– मोरङको विराटनगरस्थित रानीमा हिन्दु र मुस्लिम समुदायबीच झडप हुँदा ९ प्रहरीसहित दुवैपक्षमा दर्जनौ घाईते भएका छन्।

रामनवमीको अवसरमा हिन्दु समुदायले निकालेको  र्‍यालीलाई रानीमा मुस्लिम समुदायले अवरोध गरेपछि प्रतिकार गर्दा झडप भएको हो। ‘यसअघिका वर्षमा यसरी आफ्नो समुदायमा हिन्दुले र्‍याली नल्याएको, यसवर्ष किन ल्याउनु पर्यो ?’ भन्दै मुस्लिम समुदायले  र्‍याली रोक्न खोजेपछि झडप भएको हो।

त्यसपछि विराटनगरका विभिन्न तीन ठाउँमा झडप हुँदा ९ जना प्रहरी र दुवै समुदायका व्यक्तिहरु घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेको छ। मोरङका सीडीओ प्रेम प्रसाद भट्टसाईले २७ राउण्ड अश्रुग्यास र हवाई फायर भएको बताए।

स्थानीयबासीका अनुसार विराटनगरको १५ र १७ को बीचमा एउटा समूहले र्‍यालीलाई अवरोध गरेपछि विवाद बढेको थियो। अहिले रानी क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति छ। स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले बल प्रयोग गरेर दुवै समूहलाई तितरबितर पारेको मोरङ प्रहरीका एसपी नवराज कार्कीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट