सलमान खानको घर वाहिर गोली हान्ने युवक मजदुर भएको खुलासा

काठमाडौं– बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली प्रहार गर्ने दुई अभियुक्तलाई क्राइम ब्रान्चले पक्राउ गरेर सार्वजनिक गरेको छ।

अपराध शाखाले गुजरातको भुजबाट पक्राउ गरेका ती युवक बिहारको बेतियाका विक्की कुमार र सागर कुमार हुन्। यो घटनाले उनीहरुका परिवार स्तब्ध भएका छन्। परिवारका अनुसार विक्की र सागर मुम्बई गएको उनीहरुलाई थाहा थिएन।

सलमान खानको घर बाहिर गोली चलाएको र त्यस घटनामा आफनो छोरो पक्राउ परेको विषय समाचारबाट थाहा पाउँदा सागरका बुबा योगेन्द्र अचम्ममा परेका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार आरोपी विक्की र सागर नरकटियागञ्जको गौनाहा ब्लकको मसाही गाउँका बासिन्दा हुन्।

गाउँमा दुवैको आपराधिक छवि र रेकर्ड छैन। त्यसैले विक्की र सागरले यस्तो गरेको कुरा परिवारका सदस्य र गाउँका मानिसहरूले अझै पनि पत्याउन सकिरहेका छैनन्।

योगेन्द्रले सागर काम गर्न लुधियाना गएको ठानेका थिए। तर सागर मुम्बई गएको थाहा नभएको उनको भनाई छ। ‘लुधियानामा काम गर्थ्यो, त्यहाँबाट कसरी गयो थाहा छैन। मुम्बईमा गोली हानाहान भएको यो खबर सुनेर छक्क परे’– योगेन्द्रले भने। प्रहरीले उनका भाइ राहुललाई पनि पक्राउ गरी सोधपुछका लागि लगेको थियो। सोधपुछपछि राहुल रिहा भएका छन।

यता, आमा सुनिता देवीका अनुसार विक्की होलीको दुई दिनपछि घरबाट निस्किएका थिए। उनले निस्कनु अघि काममा जान लागेको बताएका थिए। तर विक्की कहाँ काममा गएका थिए भन्ने जानकारी सुनितालाई थिएन। बिक्की एक छोरा र एक छोरीका पिता हुन।

यस घटनामा प्रहरीले गाउँका अन्य ३ जनालाई पक्राउ गरेर सोधपुछ गरेको छ। अप्रिल १४ मा बिहान करिब ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट बाहिर तीनदेखि चार राउण्ड फायरिङ भएको थियो। गोली हानेर मोटरसाइकलमा सवार दुईजना लुटेरा घटनास्थलबाट भागेको खुलासा भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट